आइतबार, २३ भदौ २०८१

जगन्नाथमा युवा संघले गर्यो युवा प्रशिक्षण भेला, सबै वडामा कमिटी विस्तार

बाजुरा : राष्ट्रिय युवा संघ नेपाल बाजुराले जगन्नाथ गाउँपालिकामा प्रशिक्षण भेला आयोजना गरेको छ । संघले जिल्ला व्यापी रुपमा सञ्चालन गरेको प्रशिक्षण अभियान अन्र्तगत जगन्नाथमा पनि आयोजना गरेको पालिका कमिटी अध्यक्ष रणबहादुर बमले जानकारी दिएका छन् ।

पालिका कमिटीको पूर्णता दिन बैठक सहीत प्रशिक्षण दिइएको छ । युवा संघको विधी विधान र युवा नेतृत्व, विकास र विपदमा युवाको भूमिका र उत्पादनमा युवा सहभागि बारे प्रशिक्षण गरिएको हो । 

गाउँ कमिटीको दोस्रो पूर्ण बैठक पनि बसेको छ । बैठक लगत्तै पालिका कमिटीले पालिका भित्रका ६ वटै वडामा युवा संघका वडा कमिटी गठन गरेको छ । गाउँ गाउँमा युवा संघ भन्ने नारालाई स्थापित गर्न वडा स्तरमा पनि कमिटी गठन गरिएको पालिका कमिटी अध्यक्ष रणबहादुर बमले बताएका छन् ।

अध्यक्ष बमको अध्यक्षतामा सञ्चानल भएको कार्यक्रमको प्रमुख अतिति सहइन्चार्ज गणेश बोहरा, जिल्ला उपाध्यक्ष छितिजसङ्ग शाही, सचिब बिस्न कार्की, उप सचिव महेन्द्र शाह  प्रदेश निर्वाचन क्षेत्र (क) इन्चार्ज सुरेन्द्र रोकाया, रिटनिङ्ग फेडेशन नेपाल बाजुराका अध्यक्ष महेश कार्की लगायत सहभागि थिए । पालिकाको सभा हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको सञ्चालन ईश्वर बिष्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस