बाजुराः जिल्लाकाे बुढिगंगा नगरपालिका वडा न१ तल्लाे कुडिमा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ । बुधवार राति ९ बजेको समयमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको बताए । उनका अनुसार चट्याङ लागेर मृतक नाबालिकाकी आमा अन्दाजी २८ की सन्जीता सार्की घाइते भएकी छन् । उनको शरीरको विभिन्न भागमा पोलिएको छ । घाईते बिरामिकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस