लहान :नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमाले दुई पुराना जिम्मेवार दललेको नेतृत्वमा गठन भएको सरकार २०८४ सम्म चल्ने बताउनु भएको छ ।
नेकपा ९एमाले सिरहाको एघारौं जिल्लाअधिवेशनलाई सिरहा सदरमुकामस्थित सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्राङगणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
नेपाली काँग्रेस र नेकपा ९एमाले बिच भएको सम्झौताअनुसार पन्ध्र महिनापछि काँग्रेसको सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘नेपाली काँग्रेस र एमालेले देशको समृद्धि र विकासलाई ध्यानमा राखेर स्थिर सरकार र स्थायित्व दिनका लागि यो सरकार गठन भएको छ । अनुभवी दललाई केही साना दलहरुले उचालेर यो सरकार ढल्ने छैन ।’
सरकार ढाल्न केही दल थकिसकेकाले अब सरकार ढाल्ने खेल्बाट समेत बाहिरिसकेको दलले बिच–बिचमा जनातलाई भ्रम पार्ने काम गरे पनि यसको कुनै तुक नरहेको अध्यक्ष ओलीले बताउनुभयो । वर्तमान सरकार शान्ति स्थायित्व र स्थिरताका लागि गठन भएकाले जनताको भावना बुझेर संविधान संशोधन गर्न समेत तयार रहेको उहाँले प्रष्ट पार्दै भन्नुभयो, ‘संविधान संशोधन संविधान मजबुत बनाउन गरिनेछ ।’
देशमा राजा आउने दिउँसै सपना देखिरहेको राजावादीहरुले चैत १५ गते काठमाडौंमा गरेको तोडफोड आगजानी औषधी कारखाना जलाउने र पत्रकारको हत्या गर्ने घृणित कार्यबाट राजावादीप्रति जनताको घृणा जागिसकेको उहाँले प्रष्ट पार्नुभयो ।
सुनकोशी मरिन डाइभर्सन परियोजनाबाट मधेशको आठ वटै जिल्लाका एक लाख ८५ हजार विघा जमिनमा २४ घण्टै सिँचाइका लागि काम अघि बढिसकेको प्रम ओलीले बताउनुभयो । मधेश प्रदेशको समृद्धि र विकासका लागि शिक्षा स्वास्थ्य रोजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।
कमला पूल भासिनुमा सर्वे डिजाइन गर्ने प्राविधिक चुकेको प्रम ओलीले भन्दै पुल निर्माणका लागि सरकारले गृहकार्य थालिसकेको विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बाटो खानेपानी, विपन्न विधार्थीको लागि खाजा, पाठयपुस्तक र ज्येष्ठ नागरिकको लागि स्वास्थ्य बीमाजस्ता कल्याणकारी काम गर्न सरकार सरकार प्रतिवद्ध छ ।’
नेकपा ९एमाले० का नेता कार्यकर्ताहरु अगाडि रहेको सम्भावना र चुनौतीलाई ध्यानमा राखेर पार्टीलाई मजबुत बनाउन पार्टी अध्यक्ष समेत रहनुभएको प्रम ओलीले इमान्दार नेतृत्व चयन गर्न एघारौं जिल्ला अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने, सर्वसम्मत हुन नसके चुनावी प्रक्रिया अपनाउन निर्देशन दिनुभयो ।
एमाले कमजोर गर्न पार्टी फुटाएर जानेको अवस्था अति नै दयनीय भइसककाले इमान्दार नेता कार्यकर्ताहरु पार्टीमा पर्किए सम्मानजनक स्थान दिइने उहाँले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा नेकपा ९एमाले० को केन्द्रिय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुबीर महासेठ, स्थायी कमिटी सदस्य तथा पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठले मधेशका खानेपानी सिँचाइ शिक्षा स्वास्थ्य तथा सामाजिक न्यायबारे प्रधानमन्त्री ओलीलाई ध्यान आकर्षण गराउनु भयो ।
संङघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि बजेट निर्माणका लागि संसदीय अधिवेशन चलेपछि विधेयक पारित गरेर समस्या समाधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस