बाजुरा : स्वास्थ्य उपचारका लागि आवश्यक सबै खर्च व्यवस्थापन गर्न यहाँका स्थानीयलाई सहज छैन् । विरामी पुर्जा काट्नेसम्मको रकम तिर्न र औषधी किन्ने बाहेक हैसियत नभएकाहरुको संख्या नै बाजुरामा धेरै छ । तीनै विपन्न परिवारका विरामीका लागि स्वास्थ्य विमा कार्यक्रमले राहत मिलनेको छ । विपन्न विरामीको साहरा नै स्वास्थ्य विमा बनेको देखिन्छ ।
स्वास्थ्य विमा बोर्डले आफ्नो नवौं स्थापना दिवस मनाएको छ । नेपालमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनको पनि नौ वर्ष बितिसकेको छ । बाजुरामा २०७४ चैत्र २८ गतेबाट स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको हो । बाजुरामा स्वास्थ्य विमाबाट सुविधा लिनेको संख्या ३८ हजार ८ सय ६४ रहेको स्वास्थ्य विमा बोर्ड बाजुराका नाम दर्ता अधिकारी तारा रोकायाले जानकारी दिएकी छन् ।
७० वर्ष कटेका, एचआइभी संक्रमित, रातो कार्ड सहीतका अपांगलाई निशुल्क विमा गर्ने गरिएको छ । भने ३ हजार ५ सय रुपैया तिरेर ५ जनाको १ वर्ष सम्म १ लाख बराबरको उपचार सुविधा छ । ५ जनाको संख्यामा परिवार सदस्य थपिएको प्रति सदस्य ७ सय थप गरि विमा गर्न पाउने सुविधा छ ।
नियमित चेक गराउँने र औषधी किनेर खाने आर्थिक अवस्था नभएकाहरुलाई विमा कार्यक्रमले ठुलो राहत मिलेको बिसे चदाराले बताएका छन् । स्वास्थ्य विमा सुविधाले सबैजसो विपन्नका लागि सहुलियत मिलेको छ । उपचार नगरि घरमै बस्नु पर्ने बाध्यता हटेको छ । स्वामिकात्र्तिक खापर गाउँपालिकाका अरुण कैलाले पनि स्वास्थ्य विमाबाट निशुल्क उपचार सुविधा पाएका छन् । कैलाका हातको दुबै हड्टी भाँचिएका थिए ।
बाजुरामा विमा गराएका ३८ हजार ८ सय ६४ जना मध्ये सबैभन्दा बढी बडीमालिकमा नगरपालिकाका छन् । ९ हजार एक सय ९१ जना बडीमालिकाका छन् । भने बुढीगंगामा ३ हजार २ सय ७१ जना, बुढीनन्दामा ६ हजार ४ सय जना, खप्तड छेडेदहमा ३ हजार ८ सय ५१ जनाले विमा गराएका छन् ।
यस्तै जगन्नाथमा २ हजार ८ सय ७८ जना, स्वामिकात्र्तिक खापरमा ४ हजार ६ सय ६६ जना, हिमालीमा ५ हजार ५ सय २२ जना, त्रिवेणीमा २ हजार ६ सय ४९ जना र गौमुलमा सबैभन्दा कम ४ सय ६८ जनाले विमा गराएका छन् ।
अधिकांशले विमा सुविधाकै रकम वापत जिल्ला बाहिरका अस्पतालबाट पनि लाख बराबरको उपचार सेवा लिएको अवस्था छ । आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने र तिरेपनि ३५ सय तिरेर वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा विमाप्रतिको आकर्षण बढेको महिला स्वास्थ्य स्वयम सेविका माया खड्काले बताएकी छन् ।
सबै नागरिकलाई स्वास्थ्य विमा सुविधामा ल्याउने राज्यको लक्ष्य रहेको छ । विमा भर्न, रकम भुक्तानी र अर्को रिफरल सेन्टरसम्म पुग्दा नबुझेकाहरुका लागि झन्झटीलो जस्तो भएपनि स्वास्थ्य उपचार सेवाका लागि अति जरुरी नै देखिएको छ ।
स्वास्थ्य विमा बोर्ड बाजुराका नाम दर्ता अधिकारी तारा रोकायाका अनुसार सबैभन्दा बढी सदरमुकाम रहेको बडीमालिकाका नागरिक विमा सुविधामा जोडिएका छन् । भने गौमुलका सबैभन्दा कम विमा सुविधा लिने तथ्याकंले देखाएको छ । तर गौमुलका अधिकांश मार्तडीमै बस्ने गरेकोले संख्या कम देखिएको हो ।
बाजुराका स्थानीयले बाजुरा अस्पताल, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, अछामको बयालगडा अस्पताल र जिल्ला बाहिर पनि विमा सुविधा सहीतको प्रमाण लिएर उपचार गराउने गरेका छन् । सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन पाउने सुविधा छ ।
स्वास्थ्य विमाले नागरिकको स्वास्थ्य उपचारको ग्यारेन्टी गरिदिएको स्वास्थ्य कर्मीको बुझाई छ । विरामीका लागि औषधी आफैले किन्नु पर्ने बाध्यता हटेको छ । विमा कागज भए उपचार पाउने सुविधा छ, यो राज्यका तर्फबाट गरिएको सहुलियत र सुविधा हो, सबैले सेवामा जोडिनु पर्छ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । ।
कार्कीका अनुसार अति विपन्न परिवारका लागि स्वास्थ्य विमा नभएको अवस्थामा ४ हजार सम्मको उपचार अस्पताल आफैले निशुल्क गर्ने व्यवस्थापन मिलाएको छ । क वर्गको अपागंलाई ४ हजार, ख वर्गकोलाई २ हजार उपचार सुविधा दिने गरेको छ ।
विमा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने विषयमा केन्द्रीय विमा बोर्ड नै लागि रहेको छ । विमित रकम बढाएर करिब ७ लाख बराबरको उपचार सुविधा पाउनु पर्ने प्रस्ताव नै स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य विमाले विपन्न परिवारका लागि ठूलो राहत मिलेको छ ।
प्रतिक्रिया दिनुहोस