धनगढी: कैलालीमा लागुऔषधसहित छ जना पक्राउ गरेका छन्। धनगढीसहित जिल्लाका विभिन्न स्थानहरूबाट उनीहरू पक्राउ परेका हुन।धनगढी उपमहानगरपालिका–२ बाट २ सय २० मिलिग्राम लागुऔषधसहित २७ वर्षीय कमल राना पक्राउ गरेका छन। धनगढी उपमहानगरपालिका–८ का रानालाई कैलाली प्रहरीले शुक्रवार साँझ पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–२ बाट नै एक ग्राम एक सय ८० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ गरेका छन्। नेपाल प्रहरीले शुक्रवार राति १९ वर्षीय गोविन्द कठायत र २२ वर्षीय दीपक बोहरालाई लागुऔषधसहित पक्राउ गरेको हो।
उता, भजनी नगरपालिका–३ जवलपुरबाट २ ग्राम एक सय ५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, भजनीको टोलीले २२ वर्षीय सागीराम चौधरी, २१ वर्षीय निरज चौधरी र २३ वर्षीय निरज चौधरी पक्राउ परेका छन्। उनीहरूलाई शुक्रवार दिउँसो प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस