बाजुरा : गौमुल गाउँपालिकाले बाजुरा जिल्ला अस्पताललाई बोटविरुवा सहयोग गरेको छ । अस्पतालले थालेको आफ्नो ‘ग्रीन गार्डेन’ अभियानलाई सहयोग पुर्याउने उदेश्य सहीत पालिकाले ५० बोट विरुवा सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बोटहरु अस्पतालमै पुगेर हस्तान्त्रण गरेका थिए । बाजुरा जिल्ला अस्पतालले परिसरलाई हरियाली र मनोरम बनाउने लक्ष्य सहीत ‘ग्रीन गार्डेन’ अभियान थालेको छ । अध्यक्ष हरि रोकाया सहीत जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले समेत आफै अस्पताल परिसर पुगेर वृक्षारोपण गरेका थिए ।
उपचारका लागि अस्पताल पुग्ने विरामीले बाह्य वातावरण नै हेरेर आनन्द महशुस गरुन भन्ने उदेश्य राखेर थालनी गरेको हरियाली अस्पताल अभियानलाई पालिकाले सहयोग गर्ने अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।
परिसरलाई स्वच्छ, शान्त र हरियाली बनाउन आवश्यक रहेको र विरामीलाई समेत त्यो वातावरणले सकारात्मक उर्जा दिने कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताएका छन् । उनका अनुसार सहयोगी निकाय र व्यक्तिबाट प्राप्त बोटविरुवाहरु सहयोग भैरहेको छ । जिल्ला अस्पतालबाट प्रदान गरिने सेवा चुस्तदुरुस्त हुनुका साथै अस्पतालको सौन्दर्यतालाई पनि हेर्न लायक बनाउन गौमुल गाउँपालिकाले सहयोग गरेकोमा डाक्टर यादवको धन्यवाद समेत दिएका छन् ।
अहिले अस्पताल बाजुराको परिसर भित्र करिब ५ सय बढी विभिन्न किसिमका बिरुवाहरु रोपिएका छन् । बिरुवाको गोडमेल तथा नयाँ बिरुवा रोप्ने कार्य निरन्तर भईरहेको अस्पताल बाजुरा प्रमुखले बताए ।
प्रतिक्रिया दिनुहोस