आइतबार, २५ जेठ २०८२

एमाले सुदूरपश्चिम कमिटीले २९ गते धनगढीमा बृहत् सभा गर्ने

धनगढी : नेकपा एमालेले कैलालीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ। नेकपा ९एमाले०सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते धनगढीमा बृहत विशेष सभा आयोजना गर्ने जनाएको छ ।

शुक्रबार बसेको नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले विशेष सभाको तयारी तीब्र पारेको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्।

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा कैलालीमा सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।

उनले भने , ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रुपमा यो सभा आयोजना हुँदैछ।’
पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन बृहत कार्यकम आयोजना गरिएको बताए।

पूर्वराजाका नाममा अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि गरिरहेका छन्। त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो’ उनले भने ,’धनगढीको पार्कमोडमा आयोजना हुने सभालाई एमाले शीर्ष नेताले संविधान गर्ने कार्यक्रम तय भएको छ।

सभामा सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले जानकारी दिए।

‘परिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभामा सभा आयोजना गरिएको होु इन्चार्ज भट्टले भने,जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ। ’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस