शनिबार, ०६ पुष २०८१

बस्तीमा पस्दा सय बढी घर डुबान

कञ्चनपुरः कञ्चनपुरमा दोदा र मोहना नदी गाउँ पस्दा एक सयभन्दा धेरै घर डुबानमा परेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो।

 
बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो। महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ।
 
त्यस्तै, सशस्त्र प्रहरीले स्याली नदी र ओदाल नदीको बाढीमा फसेका शुक्लाफाँटा र कृष्णपुरका चारज
नाको उद्धार गरेको छ। घाँस काट्न गएका तथा खेतबारीमा काम गरेर घर फर्किने क्रममा बाढी आएपछि उनीहरू घर फर्कन सकेका थिएनन्।
दिनेश खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस