काठमाडौंः नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको शिरदेखि पुच्छर अनि टुप्पीदेखि पैतालासम्म छानबिन गर्नुपर्ने माग गरेका छन् । सञ्चारमन्त्री संग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका गिरीले आफूहरु संसद्लाई बन्धक बनाउने पक्षमा नरहेको तर सरकारको अकर्मण्यताका कारण यो अवस्था सिर्जना भएको तर्क गरे ।
सरकारको अकर्मण्यताका कारण संसद् खुल्न नसकेको गिरीले बताएका छन् ।क्लिन्टलका क्विन्टल सुन तस्करी भइरहँदा तस्करहरुको जालो तोड्ने उपाय र विकल्प सरकारले नसोचेको र जसोतसो केही भरियालाई लगेर थुन्ने, बाँकीलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेकाले उच्चस्तरीय छानबिन समितिको माग उठाएको उहाँले स्पष्ट पारे ।
उच्चस्तरीय छानबिन समिति बन्दा मन्त्री, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरु तानिने भएकाले सत्तापक्ष डराइरहेको समेतक गिरीको आरोप रहेको छ ।
सीआईबी र राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानलाई असहयोग नभएर सुन तस्करीको शिरदेखि पुच्छर अनि टुप्पीदेखि पैतालासम्म छानबिन गर्नुपर्ने मागमा आफूहरु अडान रहेको पनि सचेतक गीरीको भनाइ छ ।
यस्तै उहाँले देशका ठूलठूला नेताहरुको शयनकक्षदेखि भान्सासम्म तस्करहरु पुगिरहेको पनि आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस