बाजुराः बुढीनन्दा नगरपालिका २ मा रहेको धुपागाड खोलामा युवाहरुको श्रमदानबाट काठेपुल निर्माण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विस्न कार्कीको नेतृत्वमा गएको युवाहरुको टोलिले उक्त खोलामा काठेपुल निर्माण गरेको हो।
निरन्तरको अबिरल वर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आवतजावतमा समस्या भएको थियो ।काठेपुल निर्माणपछि आवत जावत गर्नका लागि सहज होस् भन्ने उदेश्यले काठे पुल निर्माण गरिएको बताइएको छ । निरन्तरको वर्षाका कारण उक्त खोलामा अहिले पानीको बहाव बढ्दै गएको छ । खोलामा पक्की पुल नहुँदा वर्षेनी यो खोला हुँदै आवतजावत गर्ने स्थानीयहरु जोखिम मोलेर खोलामा वारपार गर्दै आएका छन् । वर्षेनी स्थानीयहरु खोलामा पुल नहुँदा त्रासै त्रासमा वारपार गर्न बाध्य छन् । तर स्थानीयको यो बाध्यतामा सरोकारवाला निकायले चाँसो देखाएका छैनन् ।
काठेपुल निर्माण कार्यमा राष्ट्रिय युवा संघ जिल्ला सचिव सचिव बिस्न कार्कीको नेत्तृत्वमा युवाहरु गणेश बोहोरा प्रदेश निर्वाचन क्षेत्र नं (क) संयोजक सुरेन्द्र कुमार रोकाया र बुढिनन्दा नगर कमिटिका युवाहरुको युवाहरुको सहभागिता रहेको थियो। यस अघि राष्ट्रिय युवा सघ नेपाल बाजुराको बैठकले जिल्लामा विपद आउँदा युवा सघका युवाहरु परिचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुढिनन्दा नगर कमिटिका युवाहरुको श्रमदानबाटै खोलामा पुल निर्माण गरिएको हो । राष्ट्रिय युवा सघ नेपाल बाजुराले पछिल्लो समयमा सामाजिक क्षेत्रमा रचनात्मक कमहरु एक पछि अर्को गरी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस