बाजुरा : इन्जिनियरहरूको संस्था प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल(पिन) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा चुडामणी कलौनी सर्वसम्मत चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएको पिनको तेस्रो प्रदेश अधिवेशनले कलौनीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको हो ।
यस्तै, सचिवमा दीपक उपाध्याय पनि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा हिक्मत बहादुर चौधरी, सहसचिवमा योगेश प्रताप कुवँर, कोषाध्यक्षमा स्मारिका बम चयन भएका छन् ।
सदस्यमा प्रयाग राज जैशी, प्रमोद सिंह मन्याल, बिरेन्द्र सिंह बडाल, हिक्मत रावल, विशाल रावल, मान बहादुर साँउद, पवन कठायत, हरकेश धामी, योगेन्द्र वि.क,विनोद चौधरी, प्रेम पुरी, तिर्थ साँउद, खगेन्द्र जोशी र तरुण मट्ट सर्वसम्मत चयन भएको पिनका सुदूरपश्चिम इन्चार्ज पवन रावलले जानकारी दिएका छन् ।
उनका अनुसार अधिवेशनले ९ वटै जिल्ला ईन्चार्ज समेत तोकेको छ । कैलाली इन्चार्जमा प्रेम पुरी, कञ्चनपुरमा तरूण भट्ट, अछाम योगेन्द्र बिक, डडेल्धुरा हरकेश धामी, डोटीमा पवन कठायत, बैतडी इन्चार्जमा मानबहादुर साउँद, बझाङ इन्चार्जमा हिक्मत रावल, दार्चुला इन्चार्जमा बिरेन्द्र सिंह बडाल र बाजुरा इन्चार्जमा प्रयागराज जैशी तोकिएका छन् ।
नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीको प्रमुख आथित्यतामा भएको अधिवेशन उद्घाटन सत्रका विशिष्ट अतिथि पार्टीका प्रदेश सचिव रणबहादुर चन्द थिए । पिनका सुदूरपश्चिम इन्चार्ज पवन रावलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस