आइतबार, २५ जेठ २०८२

जातीय विभेद अझै छ, सहेर बस्नु हुन्न : पौडेल

बाजुरा : नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर पौडेलले हालसम्म पनि समाजमा जातीय विभेद कायमै रहेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।

समाजमा जातका आधारमा गरिने विभेद अझै व्याप्त रुपमा रहेका कारण यसको समूल अन्त्यका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज लागिरहेको बताएका छन् ।

अहिले पनि हाम्रो समाजमा शोषण र जातीय विभेद  लगायतबाट चपेटामा समाज अझै रहेको र रुपान्तरण गर्न खोजेपनि नभएको उल्लेख गरेका छन् ।

विज्ञानको युगमा पनि जातीय विभेदमा परेर सहनु परेको अपमान र तिरस्कारका विरुद्ध अझै बोल्नुपर्ने परिस्थिति रहेको र विभेदका श्रृङ्खला अझै जारी रहेको बताएका छन् ।

कामका आधारमा समाजमा जात प्रथाको सुरु भएको बताउदै यसको अन्त्यका लागि नेकपा ९एमाले०ले अगुवाई गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस