शनिबार, ०६ पुष २०८१

जिल्ली पहिरोले विद्यार्थीको पढाइ प्रभावित, पहिरोमै रोकिन्छन् विद्यार्थी

लक्ष्मी मावि जिल्लीको भवन समेत पहिरोको जोखिममा

बाजुरा : बडीमालिका नगरपालिका ७ को जिल्ली गाउँ पहिरोको उच्च जोखिममा छ । सिंगो बस्ती सहीत बाटोघाटो र विद्यालय भवन समेत पहिरोको जोखिममा परेपछि दैनिक जीवनयापनमा समस्या देखिएको छ । भने विद्यार्थीलाई बाटोमै रोकिनु परेको अवस्था छ । 

जिल्ली गाउँ बासीलाई पानी परेको राती त्रासमा बस्नु पर्ने बाध्यता छ । भने बालबालिकालाई लक्ष्मी माविसम्म जानै मुस्कील हुने गरेको छ । हरेक विहान पहिरोले बाटो बिगोर्न गरेको छ । मार्तडी कोल्टी सडकको प्रमुख अवरोध स्थल समेत त्यही जिल्लीको पहिरो हो ।

 पहिरो लगातार बगिरहेको छ । गाउँदेखि १५ मिनेट दुरीमा पर्ने विद्यालय जान विद्यार्थीलाई मुस्कील हुने गरेको विद्यालयका शिक्षक लक्ष्मण ओलीले बताएका छन् । सडक पूर्ण रुपमा बन्द अवस्थामा छ । भने पैदल यात्रा समेत अवरोध भइरहेको छ । 

बालबालिकालाई झनै पहिरो तरेर विद्यालय पुग्नै मुस्कील हुने गरेको छ । कतिदिन विद्यार्थी विद्यालय सम्म नपुगी घर फर्किन बाध्य हुने गरेका छन् । विहान, दिउँसो रात जतिबेला पनि पहिरो बगीराख्ने गरेको छ । जिल्लीको पहिरो हिउँदको सुख्खा याममा समेत निरन्तर बग्ने गरेको छ । 

पानी परिरहेको दिन अभिभावकले पहिरो आउने डरमा छोरी छोरी विद्यालय नै पठाउदैनन् । उनीहरुलाई पढाइमा प्रत्यक्ष असर परेको छ । कुन बेला ठुलो पहिरो खस्ने हो, र पुरिने हो, भन्ने जोखिम सबैमा हुने गरेको छ । विद्यालय भवन नजिकै बग्ने जिल्ली पहिरोले विद्यालय परिसरलाई समेत क्षति पुर्याउने अवस्था देखिएको छ । 

लक्ष्मी मावि जिल्लीमा ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा जिल्ली, माउलेख, सिराडी, चुथी लगायतका बस्तीबाट विद्याथी अध्ययनका लागि आउने गरेका छन् । विद्यालय र बाटो सबैतिर जोखिम बढीरहेको विद्यालयका प्रअ लालचन्द्र जैशीले बताएका छन् । 

जबरजस्त बालबालिका विद्यालय पढाइ देउ भन्ने अवस्था नै छैन् । पहिरो लगातार बगिरहेको हुन्छ । पहिरो व्यवस्थापन वा विद्यालय व्यवस्थापन नभएसम्म सहज हुने अवस्था नै छैन् । हिउँद बर्षाद दुबै सिजन जिल्ली पहिरोले दुख दिने गरेको छ । सिंगो गाउँ नै बस्ती स्थान्तरण गर्नु पर्ने देखिन्छ । जिल्लीकै जस्तो समस्या जिल्लाका दर्जनौ बस्तीका बालबालिकाका लागि पनि छ । 

प्रतिक्रिया दिनुहोस