बाजुरा : लामो समय देखि विद्युत अनियमितको कारण बारे अनेरास्ववियु बाजुराले विद्युत प्राविधिकरण कार्यालय बाजुराको ध्यानाकर्षण गराएको छ । छिनमै आउने र जाने, दिनमा लामो समयसम्म पनि नियमित नहुने समस्या बारे अनेरास्ववियु बाजुराले कार्यालयमै पुगेर ध्यानाकर्षण गराएको अध्यक्ष दिलबहादुर थापा भोटेले जानकारी दिएका छन् ।
बाजुरामा दुईमहिना यता विद्युत अनियमित छ । एसइइको मौका तथा तथा ग्रेडवृद्धि परीक्षा आउन लागेको र क्याम्पस तहका परीक्षा समेत भइरहेको बेला अनियमित विद्युतले विद्यार्थीको पठन पाठनमा अवरोध गरेकोले तत्काल सुधार गर्न माग गरेको छ । केन्द्रीय प्रसारण लाइन जडान पछि पनि विद्युत नियमित नहुने कुरा कार्यालयको कमजोरी हुनसक्ने भएकोले सुधार्न अनेरास्ववियुले कार्यालय प्रमुख ललित मण्डललाई भटेर आग्रह गरेका छन् ।
अनेरास्ववियुले तीन दिन भित्रै सबै समस्या हल गर्न आग्रह गर्दै नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । पैसा लिने सेवा नदिने पुरानै त्रिवेणी सहकारीको जस्तो काम हुन थालेकोले समयमै सचेत र जिम्मेवार हुन आग्रह गरेको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।
कार्यालयको कामकाज अवरुद्ध भएको छ । दैनिक पत्रिका, अनलाइन र रेडियो बन्द गर्नु पर्ने अवस्था छ । उद्योग कारखाना दिनभर सञ्चालन हुदैनन्, सेवा लिन दुर्गम गाउँबाट आएका नागरिकले विद्युत समस्याकै कारण कार्यालयको सेवा नपाएको अवस्था छ । तत्काल समस्या नगरिए कार्यालयमा तालाबन्दी देखिका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियुले बताएको छ ।
अध्यक्ष दिलबहादुर थापा भोटे नेतृत्वमा गएको टोलीले लोडसेडिङ्गमुक्त देशमा पनि विद्युत बन्द हुने कुरा बारे राज्य जिम्मेवार हुनु पर्ने र विद्युत नियमित नगरिए यो महिनाको विद्युत महशुस संकलनमा रोक लगाउने चेतावनी अनेरास्ववियुले दिएको छ ।
जवाफमा कार्यालय प्रमुख ललित मण्डलले आफूहरुको कुनै कमजोरी नभएको दाबी गरेका छन् । अछाम र डोटी स्टेशन देखिकै समस्या देखिएकोले आफूहरुले सुधार गर्न नसक्ने भएपनि सम्बन्धीत निकायलाई भोलिनै समस्या बारे जानकारी लिइ समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । अनेरास्ववियुले जिल्लाको विकास र सुशासनका क्षेत्रमा पछिल्लो समय रचनात्मक आन्दोलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस