शनिबार, ०६ पुष २०८१

आर्थिक अभावका कारण उपचार नपाएर अस्पतालको शैयामै अस्ताए बाजुराका २४ वर्षिया जैशी

हिन्दु परमपरा अनुसार आजै अन्तिम अन्तेष्टी

मिन बहादुर खड्का 


बाजुराः बुढिगंगा नगर पालिका वडा न. २ बजेडिका २४ वर्षिया राम प्रशाद  जैशीको निधन भएको छ । बिगत १० वर्ष देखी मृगौला बिरामी रहेका जैशीको आइतवार काठमान्डौँको वीर अस्पतालमा बिहान ८ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 


मृतक जैशीका आफन्त मदन जोशी  तुफानका अनुसार मृतक राम प्रशाद जैशीले १५ बर्ष पहिले बुवा गुमाएका थिए । बुवाको मृत्यसपछि उनको परिवारको बिचल्लि भएको थियो ।  जैशी १० बर्ष देखि मृगौलाको बिरामि थिए । उनलाई ८ वर्ष पहिला उपचारका लागी सुरुमा धनगढी लगिएको थियो । धनगढीमा उपचार सम्भव नभएपछी उनलाई उपचारकै लागी काठमान्डौँ लगिएको आफन्तले  बताएका छन् । उपचारका क्रममा ज्यान गुमाएका मृतक जैशीको हिन्दु परमपरा अनुसार आजै अन्तिम अन्तेष्टी गरिएको पनि पारिवारिक श्रोतले बताएको छ ।

 उनि घरबाट ८ वर्ष पहिला उपचारका लागी गएका थिए । ८ बर्ष सम्म दिदी कृष्णा र भिनानु पदम रेग्मी को सहारामा भक्तपुर मा बसिरहेका थिए । त्यसपछी उनि घर फर्किन नपाउदै अस्पतालमै अस्ताएका छन् । लामो समय देखी काठमान्डौँमा उपचार गराईरहेका जैशी आर्थिक अभाब कै कारण ज्यान गुमाउन पुगे । उनको पारिवारिक अवस्थाले घर धान्नै मस्किल थियो ।

सानैमा बुवा गुमाएका जैशीको परिवारमा  उनकी आमा र  २ दिदी र एक बहिनी मात्रै छन् । छोरा उनी एक्लै मात्रै थिए । दिदी बहिनीले  बिवाह गरिसकेकी छन् । अहिले घरमा उनकी आमा र उनी मात्रै थिए । मृतक जैशीकी आमा जौमती देवी जैशी पनि पनि हातको अपाङ्ग छन् । छोराको अनुहार हेरे चित्त बुझाएकी उनकी जौमतीको जीवनकै यो सवैभन्दा ठुलो वज्रपात हो ।

उपचारका लागी काठमान्ठौँ गएका उनका छोरा राम प्रशाद  अव कहिले फर्किदैनन् । सुरुमा श्रिमान गुमाइन् । त्यसपछी तिन छोरीले बिवााह गरिन् । बाँकी एउटै छोरा थिए जो आज संसारबाटै बिदा भए , अव आफ्नो भन्नु कोही बाँकी रहेन उनका लागी जैशीलाई बचाउन उनका आफन्तले धेरै प्रयास गरेतर सकेनन् ।

बिगत २ वर्ष देखि सहयोगी हातहरु बाट आफन्तले उनको उपचारका लागी चन्दा संकलन गरी उपचार गराइरहेका थिए ।उनलाई बचाउन धेरैले देश बिदेशबाट सहयोग पनि गरे । राम प्रशाद  कै उपचार का लागि मदन जोशी ले हरेक निकाय का ढोका ढकढकाउदा पनि कतै सुनुवाइ भएन ! मदन जोशी ले राम प्रसाद जैशीको मृगौला प्रत्यारोपण कै लागि वडा देखि केन्द्र सरकार सम्म धाय तर सम्भब बनेन उनलाई बचाउन सिङ्गो बजेडि गाउँ नै लागेको तर उपचार सम्भब भएन   । राम प्रशाद ज‌ैशीको उपचार गराउनकै लागि दिदी भिनाजुले भए भरको समपति पनि बेचे  । तर उपचार छिटो भएन । निजि  अस्पताल मा  मृगौला प्रत्यारोपण गर्न १८ देखी २० लाख लाग्छ भने सरकारि मा उपचार गराउदा पावर पहुच पनि नपुगेको उनका आफन्तको दुखेसो छ । 

यदि समयमै पैशा भएको भए उनि बाच्थे, धेरै प्रयास गरियो, अन्ततः पैसाको अभावमै उनले ज्यान गुमाए, आफन्त मदन जैशी तुफानले भने । राम प्रशाद जैशी एक उदारण मात्रै हुन् । समयमा उपचार नपाएर कयौँ गरिब जनताले ज्यान गुमाएका छन् । उपचारका लागी अस्पताल पुर्याएकाहरु धेरै जसो जिउँदो फर्किदैनन् । सरकारले शिक्षा, स्वास्थ्य, निशुल्कका कुरा गरिरहेको छ तर यता गरिब जनताहरु दिनप्रतिदिन उपचारको अभावमा ज्यान गुमाइरहेका छन् । यदि राजनीति पहुँच भएका घरको छोरा राम बहादुर पनि थिए भने आज उनि बाच्थे होलान् उनको उपचार सम्भव नभए अन्य देशमा लगिन्थ्यो होला, उपचारको काँही कतै अभाव हुने थिएन होला, तर उनि एक सर्वसाधरण गरिबको छोरा थिए रत आज उपचार नपाएरै ज्यान गुमाए । 

प्रतिक्रिया दिनुहोस