आइतबार, ०६ जेठ २०८१

एमाले बाजुराले बैशाख २४ गते ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गर्दै

बाजुरा : नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहका ६९ वटा वडामा एकसाथ प्रतिनिधी छनोट गर्ने भएको छ । पार्टी जिल्ला कमिटीले बनाएको प्रतिनिधी मापदण्ड अनुसार एकै दिन सबै वडाबाट प्रतिनिधी छनोट हुने सचिव काशी विकले जानकारी दिएका छन् । वडाबाट एमालेको आठौं जिल्ला अधिवेशनका लागि करिब २ सय ६० बढी प्रतिनिधी छनोट हुने अनुमान गरिएको छ । 

११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधी छनोट हुनेछन् । त्यसका लागि ७५ जना सदस्य बराबर खुला तर्फ १ जना, ५० जना दलित बराबर १ जना र १५ जना जनजाती बराबर १ जना प्रतिनिधी छनोट गर्ने मापदण्ड तय गरिएको छ । सोही मापदण्ड अनुसार करिब २ सय ६० बढी प्रतिनिधी वडाबाटै आउने अनुमान गरिएको छ । 

त्यो बाहेक १ सय १ सदस्यीय जिल्ला कमिटी, १८ वटा जनसंगठनका प्रतिनिधी, १ वटा बाजुरा काठमाडौं सम्पर्क कमिटीबाट २ जनाका दरले ३८ जना थप प्रतिनिधी हुनेछन् । भने सल्लाहकार परिषद्बाट कुल कमिटी संख्याको २५ प्रतिशतले प्रतिनिधी आउन पाउने व्यवस्था छ । त्यस अनुसार पनि २३ देखि २५ जनाको संख्यामा प्रतिनिधी आउने अनुमान गरिएको छ । 

आठौं जिल्ला अधिवेशनमा करिब साढे ४ सयको संख्यामा प्रतिनिधी आउने नेकपा एमाले बाजुराले बताएको छ । प्रतिनिधी वडा स्तरबाट सबैभन्दा बढी बुढीनन्दा र सबैभन्दा कम हिमाली गाउँपालिकाबाट आउनेछन् । पार्टी संगठीत सदस्यको संख्याको आधारमा पालिकाबाट प्रतिनिधी आउने छन् । यो अवस्था हेर्दा बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सदस्य संख्या छ ।

त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामिकात्र्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठीत सदस्य संख्या रहेको छ ।  

प्रतिक्रिया दिनुहोस