आइतबार, ०६ जेठ २०८१

एमाले बाजुराको आठौं जिल्ला अधिवेशन एकता र हार्दिकताको हुन्छ : सिंह

बाजुरा :  नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज भैरवबहादुर सिंहले बाजुरा अधिवेशन एकता र हार्दिकताको अधिवेशन हुने बताएका छन् । नेकपा एमाले बाजुराले पार्टी कार्यालयमा लोगो र नारा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले बाहिर हल्ला गरिए जस्तो र कोही कसैले अनुमान गरेजस्तो नहुने दाबी गरेका छन् । 

अधिवेशन पार्टी संगठनलाई जीवन्त राख्ने अवसर भएकोले व्यक्तिलाई विधी माथि राखेर अधिकार दिने र विधी विपरित गतिविधी हुने कुरा कल्पना गर्न समेत नसकिने बताएका छन् । सबैलाई आग्रह गर्दै नेता सिंहले सद्भाव, आपसी सहकार्य, एकता र हार्दिकताको अधिवेशनका रुपमा सफल पार्न आग्रह गरेका छन् । 

एमालेले पार्टी संगठनलाई बलियो बनाउने उदेश्य नै मिसन ८४ का लागि तयारी गर्नु भएकोले यो अधिवेशनले त्यही जग निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । देश व्यापी अधिवेशन सञ्चालन अभियानमा जुटेको एमालेले बाजुराको अधिवेशन पनि ऐतिहासिक र नमुना बनाउने बताएका छन् । उहाँले सबैलाई तयारीमा जुट्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस