शुक्रबार, ०४ जेठ २०८१

खैरो हिरोइन सहीत बाजुराको बुढीगंगाका विनोद थापा पक्राउ

कारोबारमा संलग्न सञ्जाल कै खोजी गर्ने तयारीमा प्रहरी

 बाजुरा : बुढीगंगामा खैरो हिरोइन सहीत एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ५ नुवाघर बस्ने २५ वर्षका विनोद थापा रहेका छन् । थापा फालासैनमा रहेको आफ्नै पसलबाट खैरो हिरोइन सहीत पक्राउ परेको प्रहरीले बताएको छ । 

बुढीगंगाको फालासैन, बाम्का सहीतका बजार क्षेत्रमा युवाहरु लागुऔषध दुव्र्यशनीमा फसेको गोप्य सूचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो । धनगढी र महेन्द्रनगर भएर भारतबाट खैरो हिरोइन आउने र त्यसको कारोबारमा प्रयोग गर्ने युवाहरु नै देखिएको सूचना अनुसार नै पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बाजुरामा चरेश सहीतका लागुऔषधको सेवन कर्ता र सामाग्री प्रक्राउ गरिएपनि खैरो हिराइन पहिलो पटक पक्राउ गरिएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । खैरो हिरोइन सहीत पक्राउ गरिएका विनोद थापाको साथ बाट ४ ग्राम ९७ मिलिग्राम खैरो हिरोइन र ३६ हजार २ सय ८० रुपैया नगद समेत फेला पारेको छ । 

थापा बुढीगंगाको फालासैनमा व्यापार समेत गर्दै आएका थिए । भारतबाट आउने खैरो हिरोइन थापा एक्लैको सम्पर्कबाट बाजुरा नआइपुगेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । फोन डिटेलको माध्यमबाट भएपनि सञ्जालकै खोजी गर्ने तयारीमा प्रहरी देखिएको छ । 

युवा पुस्तालाई नै सक्ने योजना सहीतको अवैध कारोबार गर्नेहरुलाई कडा निगरानी र सुक्ष्म अनुसन्धानलाई अघि बढाएको प्रहरीले बताएको छ । पक्राउ परेका थापालाई हिरासदमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले लागु औषधी दुव्र्यशन सम्बन्धी ऐन २०३३ अन्र्तगत मुद्दा अघि बढाएको बताएको छ । लागुऔषध कारोबार गर्नेलाई कम्तीमा ७ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस