शनिबार, १२ साउन २०८१

एमाले बाजुराको अधिवेशन चैत्र १६ र १७ गते मार्तडीमा हुने, भरत थापाले पाए अध्यक्षको जिम्मेवारी

उपाध्यक्ष जनक बोहरा र सचिवमा काशी विक चयन, उपसचिव हरि रोकायाको पद यथावत

बाजुरा :  नेकपा एमाले बाजुराले जिल्ला अधिवेशन गराउने गरि रिक्त पदपूर्ती गरेको छ । मार्तडीमा सम्पन्न पार्टी जिल्ला कमिटीको बैठकले रिक्त रहेको अध्यक्ष सहीत उपाध्यक्ष र सचिव पद पूर्ती गरेको हो । अध्यक्ष कालीबहादुर शाही प्रदेश उपाध्यक्ष र उपाध्यक्ष भरत बुढा प्रदेश सदस्यमा निर्वाचित भएपछि दुबै पद खाली थिए ।

पार्टी जिल्ला कमिटीको १० औं बैठकबाट रिक्त रहेको पदमा अध्यक्षमा पार्टी सचिव भरत थापा, उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा र सचिवमा कार्यालय सचिव काशी विकले जिम्मेजारी प्राएका छन् । कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेसँगै रिक्त कमिटीले पूर्णता पाएको हो ।

वर्तमान उपसचिव हरिबहादुर रोकायाको पद भने यथावत राखिएको छ । पाँच सदस्य रहने पदाधिकारी मध्ये उपसचिव पदको एक पद भने खाली राखिएको छ । जिम्मेवारी लगत्तै सपथ ग्रहण पछि पार्टी अध्यक्ष भरत थापाको अध्यक्षतामा ११ औं बैठक बसेर चैत्र १६ र १७ गते मार्तडीमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी शिर्ष नेताहरु बीच सचिवालय बैठक बसेर अधिवेशनको मिति तय गरेपछि जिम्मेवारीबारे निर्णय गरिएको थियो । यस अघि कोल्टीमा माघ २६ र २७ गते आठौं जिल्ला अधिवेशन गर्ने गरि निर्णय गरिएपनि पार्टी आन्तरिक समस्या देखाएर २ महिना धकेलिएको हो । 

पत्रकार सम्मेलनमा अध्यक्ष भरत थापाले एकता, हार्दिकता र समझदारी सहीतको सन्देश दिने गरि बैठक सम्पन्न भएको जानकारी दिएका छन् । अध्यक्ष सहीतको खाली पदपूर्ती सर्वसम्मत गरियो, अब मिसन चैत्रको अधिवेशन सmल पार्ने गरि यो टिमले काम गर्ने सम्मेलनमा थापाले जानकारी दिएका हुन् ।

बाहिर हल्ला गरिएको जस्तो र प्रचारमा आएजस्तो अवस्था एमाले भित्र नरहेको र त्यसको सन्देश पार्टी जिल्ला कमिटीको बैठकले सर्वसम्मत निर्णय गरेर अधिवेशन गराउने जिम्मेवारी दिएको र सोही उदेश्य पुरा गर्नु प्रमुख जिम्मेवारी हुने उपाध्यक्ष जनक कुमार बोहराले बताएका छन् । 

उपसचिवबाट उपाध्यक्षको जिम्मेवारी पाएका बोहराले यो कमिटीले अधिवेशन गर्ने जिम्मा पाएको र चैत्रमा हुने अधिवेशनबाट पार्टीले आत्मसाथ गरेको जनताको बहुदलीय जनवादको सिद्धन्तको जगमा टेकेर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । 

यस अघि तोकिएको अधिवेशनको मिति र केही जिम्मेवारीका विषय सम्बन्धी निर्णयहरु बारेको पत्रकारको जिज्ञासामा पार्टी सचिव काशी विकले त्यो पनि सहमति नै थियो, यो पनि सहमति नै हो । यी दुबै सहमतिको जगलाई आधार मानेर अधिवेशन मिति तय गरि जिम्मेवारी तोकिएको बताएका छन् । 

चैत्र १६ र १७ गतेको मिति पनि पनि अधिवेशन हुने नहुने आशंका गरिएको पत्रकारको जवाफमा एमाले नेताहरुले चैत्र भन्दा पछि कुनै हातलमा अधिवेशन नजाने दाबी गरेको छ । केही दिन अगाडि र केही दिन पछाडि सर्ने कुरा एसइइ र एमाले अध्यक्ष केपी ओली आउने कुराको समय व्यवस्थापनले तलमाथी सरेपनि बाँकी कुरा तोकिएको समयमा हुने दाबी नेताहरुको छ । 

अध्यक्षता कालीबहादुर शाहीले गर्न पाउने नपाउने, गर्न दिने नदिने र पार्टी अध्यक्ष भरत थापालाई बनाउने नबनाउने, बन्न दिने नदिने बीचको बाह्य बहस र अनुमानलाई चक्मा दिएर एमाले नेताहरुले दुबै विषयलाई स्वीकार गरि र विवाद रहीत निर्णय गर्न नेताहरु सफल भएका छन् ।

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी सहीतका नेताहरुको उपस्थितिमा एमाले जिल्ला कमिटी बैठक सञ्चालन गरिएको हो । सचिवालयको बैठकले पूर्व सहमति गरिएको निर्णयको जिल्ला कमिटी बैठकले अनुमोदन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस