आइतबार, ०७ पुष २०८१

बाजुराबाट बडीमालिका दर्शनका लागि पुजा सामाग्री सहितको सरकारी टोली प्रस्थान

पहिलोपटक बुढीनन्दामा पनि सरकारी टोली जाँदै

बाजुरा  :  बाजुराको धार्मीक आस्थाको धरोहर बडीमालिका पुजाका लागि सरकारी टोली  आइतवार बिहान  प्रस्थान भएको छ । बडीमालिका  जान सदरमुकाम मार्तडी देखी आइतवार बिहान प्रस्थान भएको हो ।

बडीमालिका र बुढीनन्दा  माईको दर्शनका लागी तीर्थ यात्रा आजबाट सुरु भएको छ । जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवम प्रतिनिधि, जन्रतिनिधि सुरक्षा निकायका प्रमुख सहित पुजा सामाग्री सहितको टोलि बिहान करिव साढे सात बजे त्यसतर्फ प्रश्थान भइसकेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् । यस अघि बडीमालिकामा मात्रै पुजा सामाग्री सहितको सरकारी टोली जाने गरेको भएपनि यो वर्ष बुढीनन्दामा पनि पुजा सामाग्री सहितको सरकारी टोलि प्रश्थान  भएको जिल्ला प्रशासन कार्याल बाजुराले जनाएको छ ।

यता त्रिवेणी नगर कार्य पालकाको कार्यालयले पनि बडीमालिका मेलालाई व्यवस्थित र दर्शन गर्न आएका दर्शनार्थिहरुले सास्ती भोग्नु नपरोस भन्ने उदेश्यले सबै बन्दोबस्तो मिलाई सकेको दाबी गरेको छ । मेलामा कुनै कुराको कमि हुन नदिने नगर प्रमुख कर्ण बहादुर थावपाले बताएका छन् । यस्तै यता बुढीनन्दामा लाग्ने मेला व्यवस्थापन बुढीन्दा नगरपालिकाले गरिरहेको छ पुजाआजालाई व्यवस्थित बनाउनका लागि नगरपालिकाले बुधनार नै स्वंयमसेवको टोली खटाइसकेको थियो । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका र बुढीनन्दा  मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।


बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुणर् धार्मिक स्थल बडीमालिका र बुढीनन्दा  जाने भक्तजनहरु हिजो देखी जान सुरु गरिसकेका थिए ।बडीमालिका जाने श्रदालु भक्तजन हिजो देखि नै  जान सुरु सुरु गरेको भए पनि बडीमालिका जाने सरकारी टोली भने आइतवार बिहान प्रश्थान भएको  जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।  यस बर्ष भाद्र १३ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यहा घुम्न जाने तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेका छन् ।
 
पुजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडीमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेश भक्तजनहरु समेत बडीमालीका पुग्ने गरेका छन्। बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बडीमालिका पुजाका लागि पुजारी सहित सरकारी तथा अन्य सर्वसाधारण र छिमेकी जिल्लाहरु अछाम, बझाङ्ग, डोटी, हुम्ला, जुम्ला र कालिकोटबाट समेत जिल्ला प्रशासन कार्यालयको सरकारी पुजा सामाग्री सहितको टोली यसक्षेत्र तर्फ यस अघि नै प्रस्थान गरिसकेका छन् । बडिमालिका बुढीनन्दामा दर्शन गर्नाले ब्रह्म हत्या, सुरापान, चोरी एक सुवणर्स्तेए जस्ता पापमा लिप्त मानिसहरु बडीमालिका मन्दिर पुजा र बुढीनन्दा तालमा गएर नुहायो भने पवित्र हुने धार्मिक विश्वास रहि आएको छ । 
 
छिमेकी जिल्ला कालिकोट, मुगु, हुम्ला र जुम्ला काठमाण्डौं लगाएत देशका विभिन्न स्थानबाट समेत दर्जनौ श्रदालु भक्तजनहरु  टोलीहरु मालिका मन्दिरमा पुजाआजा र रमणिय दृष्य अवलोकनका लागि बडिमालिमा पुग्ने गरेको पाईन्छ । यहा“ पुगेर पुजाआजा गरेपछि इच्छाएको वरदान प्राप्त हुने विश्वास रहि आएकाले दर्शन गर्न आउने भक्तजनहरुको संख्या वर्षेनि बढिरहेको पुजारीले बताउने गरेका छन् ।


यस मन्दिरमा सरकारका तर्फबाट एकजना पूजारी बनाइएका छन् । हाल कालिकोट जिल्ला फुकोट गा. वि.स.का शिवराज उपाध्याय तथा उनका भाइहरू, छोराहरू कुनै एकले सरकारी पूजा गराउँछन् । डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देवीको सरकारी पूजा सम्पन्न हुन्छ।बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो ।  बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् । यस वर्ष पनि बडीमालिका जानेहरुको लावा लस्कर लागेको छ ।  


धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण स्वर्गको टुक्रा बडीमालिका :  

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन् । बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ । बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन् । बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।   मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ  आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारकि मेलाका कारण बडीमालिकाको महत्त्व सीमित छ । गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ ।

त्यहाँबाट ब्रह्मतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । बर्खायाममा भने सम्भव छैन । साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मीक तथा ऐतिहासिक दृष्टीले महत्त्वपुर्ण मानिन्छ । मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ (३ दिनमा पुग्न सकिन्छ ।

यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन । अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन ९हरिया फाँट०हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ ।

त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउन्छ । यती हुँदा हुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकिय स्थलको रूपमा चिनाउन आवश्यक रहेका त्यहाँ आउने दशैनार्थिहरुले बताउने गरेका छन् तर सरोकारवाला निकायलेभने खासै चाँसो देखाएको पाइदैन 


यस्तो छ किंवदन्ती : यो पनि पढ्नुहोस् 

पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए ।

आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए ।

यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै ९झर्दै० खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै ९झर्दै० खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् ।ृ२े तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

भनिन्छ पौराणिक कालमा भगवतीले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको ूद्वारेढुंगाू भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि गएर द्वारेढुंगामा एकजना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन् । दलितले पूरै बहरलाई एक्लै खान नसकिने भएकाले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो। उसले भगवतीलाई भन्यो हे१ प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् ।

देवीले पनि इच्छाअनुसार वरदान दिइन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरि दलित रिसायर द्वारेढुंगा पुग्यो । देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिन्छ । यसो भएका कारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन् । त्यसैले दलितहरू बडिमालिका जाँदैनन् भन्ने विश्वास गरिन्छ। अन्य भक्तजनहरू जो बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन् । 

प्रतिक्रिया दिनुहोस