बाजुरा: सदरमुकाम मार्तडीमा हिजाेबाट सूरु भएको प्रथम बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन आज चर्चित गायक कमल विसि माल्दाइ लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । कलाकारहरुकाे टाेली प्रस्तुति दिनका लागि मार्तडी पुगिसकेकाे अायाेजकले बताएका छन् ।
महोत्सवको दोस्रो दिन आज कमल विसि अतिथि कलाकारका रुपमा रहने र उनिसंगै बाजुराकै माटोमा जन्मेका गणेश चाैतारी, हाँस्यव्यंग्य कलाकार विकास बाजे र डान्सर शर्मिला अयडीको प्रस्तुति रहने महोत्सवमा साँस्कृतिक संयोजक राजेश पायल विकले बताएका छन् ।
१० दिनसम्म संचालन हुने साे महोत्सवमा महानायक राजेश हमाल सहित राष्ट्रिय स्तरका कलाकारहरु संगै बाजराकाे माटाेले जन्माएका चर्चित देउडा गाएक प्रकाश थापा लगाएतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएका छन् । महोत्सवमा स्थानीय कला संस्कृति झल्किने विभिन्न पर्वहरु समेत प्रर्दशन गरिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस