बिहिबार, २० बैशाख २०८१

क्रियटरको खेल सप्ताहमा पुरुष फुटबलमा रानीवन र मार्तडी फाइनल भिड्ने

भलिबल पुरुष तर्फ रानीवन र महिला तर्फ आयोजकले जिते

बाजुरा : मार्तडीमा जारी खेल सप्ताहको पुरुष र महिला तर्फको भलिबल खेल सकिएका छन् । भलिबल विधाको पुरुष तर्फ रानीवन प्रथम भएको छ । भने महिला तर्फ आयोजक क्रियटर नै प्रथम भएको छ । 

पुरुष तर्फ बोस बाजुरालाई हराउँदै रानीनवले उपाधी हात पारेको हो । भने महिला तर्फ गौमुललाई हराउँदै आयोजक टिमले उपाधी हात पारेका हुन् । बोस बाजुरा र रानीवनको खेल कडा प्रतिस्पर्धामा सकिएको हो । दुबै टिम उत्कृष्ट खेलाडीले भरिएका थिए । 

खेलमा भलिबल तर्फ प्रथम हुने पुरुष टिमले ५१ हजार १ सय ११ र द्धितीय हुनेले २५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् । यस्तै महिला तर्फ प्रथम हुनेले २५ हजार ५ सय ५५ र द्धितीय हुनेले १३ हजार ३ सय ३३ रुपैया नगद सहीत प्रमाण पत्र प्राप्त गर्ने छन् । पुरस्कार वितरण १ गते नववर्षको दिन गरिने आयोजकले बताएको छ । 

पुरुष फुटबलमा पनि सेमिफाइनलका खेल सकिएका छन् । रानीवनले नवजीवनलाई हराउँदै फाइनल प्रवेश गरेको छ । भने मार्तडी स्पोर्टस्र युथ क्लब पनि फाइलन प्रवेश गरेको छ । भोलि रानीवन र मार्तडी बीच फाइलन खेल हुने छ । महिला फुटबल तर्फका भने भोलि सेमिफाइनलका खेल हुनेछन् । 

रानीवन र नव जीवनबीच खेल बराबरीमा रोकिएर अन्तिममा पेलान्टीबाट रानीवनले फाइनल यात्रा तय गरेको हो । अहिलेसम्म पनि रानीवन र आयोजक क्रियटर जोन ऐकेडेमीले दबदबा कायम नै राखेका छन् । 

समग्र खेल क्षेत्रको विकास र खेल प्रति खेलाडीको आकर्षण बढाउन विद्यालयका तर्फबाट खेल सप्ताह सुरु गरेको हो । खेल सप्ताहमा भलिबल पुरुष तर्फ १३ र महिला तर्फ ८, फुटबल पुरुष तर्फ ९ र महिला तर्फ ५, ब्याडमिन्टन पुरुष तर्फ ६ र महिला तर्फ ४ टिम सहभागि थिए । 

फुटबल पुरुष तर्फ प्रथम हुनेले ३३ हजार ३ सय ३३ र द्धितीय हुनेले १५ हजार ५ सय ५५ रुपैया पाउने छन् । महिलाले ११ हजार १ सय ११ र ५ हजार ५ सय ५५ रुपैया नगद र प्रमाण प्रत्र प्राप्त गर्नेछन् । 

यस्तै व्याडमिन्टन पुरुष तर्फ प्रथम हुने टिमले २२ हजार २ सय २२ र द्धितीय हुने टिमले ११ हजार १ सय ११ र महिला तर्फ प्रथम हुनेले ५ हजार ५ सय ५५ र द्धितीय हुनेले ३ हजार ३ सय ३३ नगद सहीत प्रमाण पत्र प्राप्त गर्ने छन् । 

खेलमा उत्साह जनक सहभागिता देखिएको छ । नेपाल प्रहरी देखि नेपाली सेना, क्षेत्रीय खेल खेलेका खेलाडी देखि विद्यालय क्याम्पस स्तरका खेलाडी पनि खेलमा सहभागि छन् । विद्यालयले साँस्कृतिक कार्यक्रम सहीत खेल सप्ताहको भव्य उद्घाटन गरेको हो । भने समापन पनि भव्य गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस