शनिबार, १९ जेठ २०८१

स्वच्छ गाउँ बनाउन गौमुलका कृषक समूह सरसफाई अभियानमा

आफ्नो गाउँ आफै बनाउने लक्ष्य सहीत कृषक समूह पछिल्लो समय बस्तीको सरसफाईदेखि विकास निर्माण कार्यहरुमा जागरुक भएका छन् । गौमुल गाउँपालिकामा लागु रहेका विभिन्न संस्थाहरुले टोलहरुमा समूहहरु स्थापना गरि प्रत्येक व्यक्तिलाई जिम्मेवारी दिएपछि पछिल्लो समय गाउँ तथा समाजलाई परिवर्तन गर्न सबै भन्दा बढी महिलाहरु सक्रिय देखिएका छन् । टोलमा रहेका कृषक समूहले पहिलो चरणमा सरसफाई अभियान चलाएको छ ।

आइतबार १०, भदौ २०८० १२:३७

जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विनोद बाजुराली

मालाश्री रेकर्डिङ स्टुडियोका सञ्चाल समेत रहेका बाजुरालीको नेपाली गीत संगीत प्रती गरेको योगदानको जतिसुकै प्रसंशा गरेपनि कमै हुने उनका समर्थकहरु बताउन्छन् । उनले आफु जस्तै धेरै कालाकारहरु उत्पादन गर्न समेत सफल भएका छन् । सुदूरपश्चिमएली कला सस्कृतिको जगेर्ना गर्नमा उल्लेख योगदान पुर्याएका उनी कलाकारहरुको संगठित सस्था जनसास्कृतिक महासंघको  नेतृत्व गर्ने अवसर पाएका छन् । कलाकारहरुको हितका लागि कलाकारिता क्षेत्रको बिकास र मौलिक सस्कृतिको जगेर्नामा टेवा पुर्याउने गरि काम गरिरहेको उनले बताएका छन् ।  आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भए पूरा गर्ने र उपलब्धिमुलक कार्यकालका रुपमा स्थापित हुने उनको भनाई छ ।

आइतबार १०, भदौ २०८० ०२:३२

बाजुरा अस्पतालका (डाक्टर ) मालिका गएपछि, उपचार बिना घर फर्किदै बिरामी

यता अस्पतालका सुचना अधिकारी नृप गिरीलाई सोध्दा बडीमालिका गएकाले समस्या भएको प्रतिक्रिया दिएका छन् । ति जना डाक्टर सहित १४ जनाको टिम मालिका गएको भएपनि अन्य केही चिकित्सक अस्पतालमै रहेको बताउदै सुचना अधिकारी गिरीले आफुपनि मालिका गइसकेकाले अन्उ जानकारी आफुलाई पनि नभएको बताए ।

आइतबार १०, भदौ २०८० ०४:१०

बुढीगंगा  नगरपालिका द्धारा बजार अनुगमन

व्यापारिहरुलाई मनोमानि ढंगले सर्वसाधरणलाई मार हुने गरी  बिक्री वितरण नर्गर र  बदमासी नगर्न उपप्रमुख मायाँ खड्का कँवरले सुझाव दिएकी छन्व्यापाीहरुले ठगिन नपारोस्, अखाद्य बस्तुका कारण सर्वसाधरणको स्वास्थ्यमा असर नहोस् भन्ने उदेश्यले व्यापारीहरु र उपभोक्तालाई सचेत गराउन बजार अनुगमन गर्दै आइरहेको नगर उपप्रमुख माया खड्का कँवरले बताएकी छन् । पहलो चरणको बजार अनुगमन आज गरिएको र भादि बाँकी रहेका बजारमा अनगमन गर्ने तयारीमा रहेको पनि उनले बताइन् ।

आइतबार १०, भदौ २०८० ०९:१९

बाजुराका सांसदलाई मलेसियाबाट मदन जोशी ( तुफान) को पत्र

म जस्तै दुई जना बाजुराका सहयोद्धाले तपाइँहरुलाई जिताउनकै लागि भनेर ज्यानको गुमाए, दुई आमाको काख रित्तो भए, नाबालक टुहुरा भए, श्रीमतीको सिउदोको सिन्दुर पुछियो, परिवारको खुसी खोसियो, तर आज तपाईंहरु जितेर मानानीय बन्नु भयो हामीले के पायौं ? बिनासित्ती आफ्नो काख रित्तो पार्न बाध्य भएकी ती आमाले के पाइन् ? तिनका परिवारले के पाए ? हिजो तपाइँलाई जिताउनका लागि भनेर घर फर्किएका कयौं युवाहरु तपाइँलाई जिताएर संसदमा पठाए र आफु प्रदेशको बाटो लागे भन्ने कुरा त अवगत नै होला नी माननीय ज्यु ?

सोमबार ११, भदौ २०८० १०:३८

बाजुराकी एक महिलाले बाटोमै बच्चा जन्माइन्

अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए । तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि सिर्जना सार्किले बताएकी छन् ।घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा न. १० स्थित पानीभुवाको सडकमा बच्चा जन्माएको सार्किले वताइन् ।

सोमबार ११, भदौ २०८० ०४:००

बुढीनन्दा नगर कार्यपालिकाको १९ औँ बैठक धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दामा बस्ने

गरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको धरोहर बडीमालिका संगै बुढीनन्दा पनि पर्ने भएपनि प्रचारप्रसारको अभावमा  बुढीनन्दा ओझेलमा  परेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्  । नगर सरकाले उक्त क्षेत्रको प्रचारप्रसारमा कमि नगर्ने समेत उनको भनाई छ  ।बुढीनन्दा क्षत्रको प्रचार प्रसार र होस् र सो क्षत्रको विकासका लागी के कसरी अगाी बढ्ने लगायतका बिषयमा छलफल गर्नका लागि त्यहाँ बैठकको आयोजना गरिएको पनि नगर प्रमुख बोहराले बताएका छन्

सोमबार ११, भदौ २०८० ०४:२०

विश्व हिन्दु युवासंघ बाजुरा  द्धारा गौहत्याको बिरोध

देशभर आन्दोलन जाी रहेकाले बाजुरामा पनि दोषि उपर कारबाही नभएसम्म आन्दोलन जारी रहने विश्व हिन्दु युवा संघ बाजुराका उपाअध्यक्ष बल बहादुर बोहराले बताएका छन् । आजदेखी बानुरामा पनि आन्दोलनका चरणहरु सरु भएको बताउदै थप आन्दोलनका चरणहरु अगाडी बढाइने उनको भनाई छ ।

सोमबार ११, भदौ २०८० ०६:१९

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

मङ्गलबार १२, भदौ २०८० ०७:२८

बाजुराको हिमालीमा वर्षाका कारण दुई परिवार विस्थापित, बिद्यालय भवनमा समेत क्षती

हिमली गाँउपालिकामा यो मनसुन सुरु भएपछि मात्रै १२ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन् । हरेक वर्ष बाढी पहिरोका कारण भौतिक रुपमा धनजनको मात्र नभैइ मानवीय क्षती समेत हुँदै आएको छ ।जिल्लाका झन्डै ११६ गाउँ पहिरोको उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका नागरिकहरु हरेक वर्षका वर्षातमा निदाउन नपाएर जागाराम बस्नुपर्ने बाध्यता छ । जोखिममा रहेका बस्तीहरुमा बस्ती बस्न उपयुक्त नहुने समेत भनिएको छ । यतिमात्र होईन बस्ती स्थानान्तरणको अर्को विकल्प नभएको भनिएको भएपनि सरोकारवाला निकायको यसमा ध्यान गएको पाइदैन ।

मङ्गलबार १२, भदौ २०८० ०९:४८

परम्परागत पेशालाई आधुनिकरण गर्दा फेरिएको नेपाली दप्पतीको जीवन

“बिहान खाए बेलुका के खाने भन्ने परिस्थितिमा हुर्केका नेपालीले अपनाएको पेशा दिन गुजार्नका लागि मात्रै सिमित छैन । मार्सिक ३ लाख बढी आमदानी हुने गरेको छ । “नेपाली अहिले आफु मात्रै व्यवस्थित छैनन् । आफ्नो जस्तै सीप सिकाएर अरुलाई पनि व्यवासायिक बनाएका छन् । व्यापार होस् कि व्यवसाय होस् वा अन्य कुनै पेशा अपनाएका जति सबै सफल हुदैनन् । सबैले निरन्तरता पनि दिन सक्दैनन् । धेरैले एउटै पेशाले ढिक्दार भएर फरक पेशा रोज्ने गरेको पाइन्छ । निरन्तरता दिहाले भनेपनि आफ्नो जिन्दगी धान्न ठिक्कै हुन्छ, तर सार्वाधिक विकट स्वामिकार्तिकमा जन्मिएका रतन नेपाली मार्तडीकै एक सफल व्यापारीका रुपमा चिनिन्छन् ।

मङ्गलबार १२, भदौ २०८० ०२:०२

माओवादी केन्द्र बाजुरा द्धारा मंगलवार बसेको बैठकको निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक

उसो त माओवादी केन्द्र बाजुराले जनतासंग माओबादी बिशेष अभियान सुरु गर्ने निर्णय गरेपनि बाजुरामा तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रको बाहुलेता निकै कम छ । बाजुराका दुई प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेस संग प्रतिस्पर्धा गर्न निकै संर्घष गर्नुपर्ने देखिन्छ । नेताहरुले भने जस्तो सजिलै यो अभियानले बाजुरामा माओवादी केन्द्रको संगठन बलियो बनाउने कुरा फलामे चिउरा चपाउनु जस्तै हो अन्य दलमा आवद्ध नेताहरुले टिप्पणी गर्ने गरेका छन् ।

बुधबार १३, भदौ २०८० १०:२०