बिहिबार, २० बैशाख २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनस् २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

मियाँले संविधानको धारा १६८ को ९२० अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।

अब मुख्य मन्त्रीमा अर्को व्यक्ति वा उम्मेदवारको नाममा बहुमत दाबी सहीत पेश गर्नु पर्ने हुन्छ । त्यसका लागि समाजवादीका नेता दिर्घ सोडारी मुख्य मन्त्री हुने संभावना बलियो देखिएको छ । 

प्रतिक्रिया दिनुहोस