बिहिबार, २० बैशाख २०८१

विद्युतीय अपराध कसुरमा बझाङकी रस्मिला काठमाडौंमा पक्राउ

बझाङ : फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने बझाङकि रस्मिला धामी प्रकाउ परेकी छन् । सामाजिक संजालमार्फत विभिन्न व्यक्तिmको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि विभिन्न गतिविधि मार्फत चर्चामा आएकी विवादस्पद महिला रश्मिला धामी पक्राउ परेकी हुन् । 

पीडित साइबर ब्युरो ४८ ९नाम परिवर्तन०को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । 

साइबर ब्यूरो २६ को जाहेरीका आधारमा यसअघि मुद्दा चलेकोमा जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सो फैसलाको पूर्ण पाठ नआउँदै रश्मिला धामीले सामाजिक संजालमार्फत पुनः आपत्तिजनक ढंगले चरित्रहत्या गरेको भिडियो तथा अन्य प्रमाणसहित जाहेरी परेको थियो । 

अदालतको सजाय भुक्तान नहुँदै यसअघिको मुद्दाको भन्दा पनि आपत्तिजनक र साइबर अपराध आकर्षित हुने कसूर गरेको पाइएपछि उनलाई फेरि मुद्दा चलाइने भएको हो । साईबर ब्यूरोका अनुसार अहिले धामीलाई पक्राउ गरि सोधपुछमा राखिएको र थप प्रमाण भेट्टाए अदालतले सोहि प्रमाण अनुसार कारागार चलान गर्न सक्ने बताएको छ । 

धामीले यसअघि अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमविरुद्ध पनि बिभिन्न झुटा आरोप लागाउदै अपराधिक लाभ लिएको भन्ने जाहेरी दिएको समेत पाइएको छ । उनिमाथि विभिन्न पुरुषलाई मागेजति रकम नदिए बलात्कारको जाहेरी दिन्छु,बदनाम गर्छु भन्दै गरेका मेसेज र अन्य प्रमाणहरु समेत संकलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस