बिहिबार, २० बैशाख २०८१

सुदूरपश्चिममा नाउपा नेतृत्वको सरकार बनाउने सहमति, कैलाश चौधरीका नाममा मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी

धनगढीस :  सुदूरपश्चिम प्रदेशमा रन्जिता श्रेष्ठको पार्टी नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो। आजै नाउपासहितको गठबन्धनले मुख्यमन्त्रीमा दाबी गर्ने जनाइएको छ।

नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८९२० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ। कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन्। यहाँ बहुमत पुर्‍याउन २७ सांसद चाहिन्छ। त्यसका लागि १० एमालेका, ११ सभामुख सहीत माओवादीका, ४ जना समाजवादीका र ७ जना नाउपाका सांसद छन् । स्वतन्त्र सांसद डा तारा जोशी पनि सत्ता साझेदार दलहरुको सरकार बनेको खण्डमा सकारात्मक छन् । 

प्रतिक्रिया दिनुहोस