बिहिबार, २० बैशाख २०८१

बाजुरा सहीत सुदूरपश्चिमको बिशेष चाड बिशु भव्य रुपमा मनाइयो

बाजुरा : सुदूरपश्चिम प्रदेशका बाजुरा सहीतका जिल्लाहरुमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ । 

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ । 

बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने चलन रहेको छ। आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाईलो गर्ने र वर्ष भरीको समीक्षा गर्ने गरिन्छ । आजको दिनलाई परिवारीक जमघटको दिनका रुपमा पनि लिने गरिन्छ ।  

बैशाख शुरु भएसंगै रोगव्याधि, महामारी र अनिकालको समय शुरु हुने भएकाले घरपरिवारका सदस्यसंगै बसेर बिशु मनाउनु पर्छ भन्ने मान्यता रहिआएको जानकारहरुको भनाई छ । यस्तै वर्षभरि शत्रु नलागुन भनेर लाठी बनाउने, पुरुषहरुका लागि साहराको रुपमा प्रर्दशन गर्ने चलन पनि रहेको छ । 

प्राचिन कालमा बैशाख पछिको वर्षायामको समयमा रोगव्याधि, अनिकाल, महामारीको प्रकोप हुन्थ्यो, त्यसमा परिवारको जोकोही सदस्य जीवीत नरहन सक्छ भनेर संगै बसी मनाउन थालिएको पर्व नै बिशु हो भन्ने भनाई रहेको छ । 

बिशुमा आर्य समुदायका अन्य सम्पूर्ण पर्वहरुको समिश्रण रहेको छ । मिठोमसिनो खानपान, ठुलाबडाको आशिर्वाद, बिभिन्न धार्मिक कार्यक्रम तथा पुजाआजा पनि हुने भएकाले बिशुको महत्व बढी रहेको छ । 

बिशुका अबसरमा समुहमा सिस्नोपानी छ्यापेर शुभकामना आदान प्रदान गर्ने बिशेष प्रचलन छ । यस बाहेक ठाउँ अनुसार बाघ खेल खेल्ने, लठ्ठी पुजेर रमाईलो गर्ने, लोक देउडा खेल्ने लगायतका आ–आफ्नै मौलिक किसिमबाट बिशु मनाउने प्रचलन छ । 

May be an image of 9 people and treeबाजुरा, डोटी, अछाम, बझांङ्ग बैतडी, दार्चला लगायत कर्णाली प्रदेशका जिल्लाहरुमा बाघ खेल तथा देउडा खेल खेलेर मनोरंजन गर्ने परम्परा रहेको छ । धार्मिक मान्यता अनुसार ज्योतिषशास्त्रमा चन्द्रमानको हिसाबले चैत्रशुक्ल प्रतिप्रदालाई नव वर्ष आरम्भ भएको दिन मानिएको छ । 

यस दिन सुर्य विशुवत् रेखामा जाने भएकाले सुदूरपश्चिममा बिशु संक्रान्ति भन्ने चलन छ । बिशुु संक्रान्तिका दिन बिस गाग्री पानीले वा नदिमा गइ बिस पटक डुवुल्की मारेमा रोग व्याधि हट्ने विश्वास लिइन्छ ।

यसै पर्वका अवसरमा सिस्नो चिलाउनाले वितेको वर्षको पाप नष्ट हुनुका साथै हाडजोर्नीको रोग, बाथ,दाद लगायतका रोगहरु प्नि निको हुने जनविश्वास रहिआएको छ । यसवाहेक मानव जनेनद्रीयहरु सक्रिय भएपछि नयाँ सोच र नयाँ काम गर्ने जाँगर बढ्ने मान्यता रहेको छ । 

यही अवसर नाचगान सहीत साँस्कृतिक कार्यक्रम, लाखे र पुतला नाचहरु पनि प्रस्तुत गरिएका छन् । भने कतिपय स्थानीय तहले खुला देउडाखेलको आयोजना पनि गरिएको छ । सुदूरपश्चिम बासीले बिशुलाई बिशेष पर्वका रुपमा मनाउने गरेका छन् । बाजुरामा बिशेष गरि खप्तड छेडेदह, बुढीगंगा, बडीमालिका जगन्नाथ सहीतका पालिकामा बढी महत्वका साथ मनाउने गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस