बिहिबार, २० बैशाख २०८१

नयाँ वर्षको पहिलै दिन बाजुराको काँडामा जिप दुर्घटना

बाजुरा : बाजुरामा जिप दुर्घटना भएको छ । आज (शनिबार) दिउँसो खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा जिप दुर्घटना भएको हो । नयाँ वर्षको पहिलो दिन नै बाजुराको काँडामा जिप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिप कुमार गिरीका अनुसार कमल धामीले चलाएको खप्तड छेडेदहको साफेबगरबाट काडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट अनियंत्रित भएर १० मिटर तल खसेको बताइएको छ । जिपमा ३ जना सवार थिए । उनीहरूमध्ये एक जना सामान्य घाइते भएका छन् । अरुको अवस्था सामान्य रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस