बिहिबार, २० बैशाख २०८१

एकै ओभरमा ६ छक्का हान्ने दीपेन्द्र बने पहिलो नेपाली खेलाडी

काठमाडौं  : नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।

दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए ।

नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । दिपेन्द्रले यस अघि ९ बलमै ५० रन कटाएर विश्व किर्तिमान कायम गरेका छन् । भने एकै ओवरमा ६ वटा छक्का हान्ने खेलाडीमा पनि दिपेन्द्र विश्वका पाँच जनाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस