बिहिबार, २० बैशाख २०८१

क्रियटरको खेल सप्ताह सकियो, पुरुष फुटबलमा मार्तडी र भलिबलमा रानीवनको जित

महिला तर्फ फूटबलमा रानीवन र महिला तर्फ आयोजकले बने प्रथम

बाजुरा : क्रियटर जोन ऐकेडेमीले सञ्चालन गरेको खेल सप्ताह सकिएको छ । नववर्षको अवसर पारी महिला पुरुष दुबैका लागि एक साथ तीन वटा आयोजना गरिएको खेल सप्ताह औपचारिक समारोहका बीच सकिएको हो ।

तीन वटा बिधाका खेल मध्ये रानीवन दुई वटा खेलमा पहिलो र एक वटामा दोस्रो भएको छ । भने आयोजक क्रियटर एक वटामा प्रथम र एक वटामा द्धितीय भएको छ । समग्र खेलमा रानीवन र आयोजककै दबदबा देखिएखेल चैत्र २६ गतेबाट सुरु गरिएको हो । 

तीन वटा खेल बिधा मध्ये पुरुष भलिबल तर्फ रानीवन प्रथम र बोस बाजुरा द्धितीय भएका छन् । भने फुटलब पुरुष तर्फ मार्तडी स्पोर्टस् युथ क्बल प्रथम र रानीवन द्धितीय भएका छन् । खेलको अन्तिम दिन रानीवन र मार्तडी बीच फाइनल खेल भएको हो । 

खेलमा रानीवनलाई मार्तडीले ६–१ गोलको फराकिलो हार चखाएको छ । बाजुराली फुटबल इतिहासको जननी क्लब रानीवनले क्रियटरको खेल सप्ताहमा आफ्नो अपराजित यात्रालाई फाइनलमा विराम लगाएको छ । 

यस्तै महिला फुटबल तर्फ भने रानीवनले आयोजकलाई हराएको छ । ५–१ गोलको फराकिलो अन्तरले गृह मैदानमै रानीवनले आयोजकलाई हराएको हो । १९ वर्ष मुनिको राष्ट्रिय टिमकी खेलाडी सरिता नाथ रहेको रानीवन उत्कृष्ट प्रर्दशनका साथ मैदानमा देखिएको थियो ।

यता महिला भलिबलमा भने आयोजक क्रियटरले क्रियटिभ युथ क्लब गौमुललाई हराएर प्रथम भएको छ । क्रियटिभ युथ क्लब गौमुल द्धितीय भएको छ । महिला तर्फको एकल ब्याडमिन्टनमा भावना दानी बोहरा प्रथम र मना सार्की द्धितीय भएका छन् । 

पुरुष तर्फको जोडी खेलमा हरेन्द्र बडुवाल र कमल रावलको टिम प्रथम र मानबहादुर हमाल र हिरालाल जोशीको टिम द्धितीय भएका छन् । खेल सप्ताहमा भलिबल पुरुष तर्फ १३ र महिला तर्फ ८, फुटबल पुरुष तर्फ ९ र महिला तर्फ ५, ब्याडमिन्टन पुरुष तर्फ ६ र महिला तर्फ ४ टिम सहभागि छन् । फुटबल सेभेन ए साइड खेलाएको थियो ।

खेल सप्ताह समापन समारोहमा भलिबल खेलाडी एवं खेल प्रेमी बलबहादुर रोकायालाई आयोजकले कदर प्रत्र र दोसल्ला सहीत सम्मान गरेको छ । क्रियटर जोन ऐकेडेमीका प्रीन्सीपल मिनबहादुर कार्कीले दोसल्ला र कदर पत्रले बाजुराको खेल क्षेत्रमा पुर्याएको योगदान सहीत सम्मान गरेका हुन् ।

खेलमा भलिबल तर्फ प्रथम हुने पुरुष टिमले ५१ हजार १ सय ११ र द्धितीय हुनेले २५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएका छन् । भने यस्तै महिला तर्फ प्रथम हुनेले २५ हजार ५ सय ५५ र द्धितीय हुनेले १३ हजार ३ सय ३३ रुपैया नगद सहीत प्रमाण पत्र प्राप्त गरेका छन् । 

फुटबल पुरुष तर्फ प्रथम हुनेले ३३ हजार ३ सय ३३ र द्धितीय हुनेले १५ हजार ५ सय ५५ रुपैया पाएका छन् । महिला तर्फ प्रथम हुनेले ११ हजार १ सय ११ र द्धितीय हुनेले ५ हजार ५ सय ५५ रुपैया नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । 

यस्तै व्याडमिन्टन पुरुष तर्फ प्रथम हुने टिमले २२ हजार २ सय २२ र द्धितीय हुने टिमले ११ हजार १ सय ११ र महिला तर्फ प्रथम हुनेले ५ हजार ५ सय ५५ र द्धितीय हुनेले ३ हजार ३ सय ३३ नगद सहीत प्रमाण पत्र प्राप्त गरेका छन् । 

फुटबल तर्फका रेफ्री चिजकुमार कटुवाललाई पनि सम्मान गरिएको छ । फुटबल पुरुष तर्फ उदयमान खेलाडीका रुपमा कमल रावल, उत्कृष्ट गोल रक्षक चेतराज रावल र उत्कृष्ठ खेलाडीमा राजेन्द्र बुढालाई सम्मान गरिएको छ । भने महिला तर्फ उत्कृष्ट खेलाडी तर्फ सरिता नाथ र सन्तोषी विकलाई सम्मान गरिएको छ । 

समापनमा क्रियटर जोन ऐकेडेमीका प्रिन्सीपल मिनबहादुर कार्कीले खेल सप्ताह खेल क्षेत्रको विकास र खेलाडीलाई खेल तर्फ आकर्षण बढाउन आयोजना गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिने बताएका छन् । व्यापारी उदेश्यका रुपमा मात्रै लिने कुरा दुखत विषय भएको बताउँदै कार्कीले जिल्लाको हित र विकासको जग बसाउने अभियानका रुपमा बुझी दिन अनुरोध गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस